
काठमाडौं, ४ भदाैं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ।
सोमबार १ अमेरिकी डलरको खरिददर १३२.६७ रुपैयाँ र बिक्रीदर १३३.२७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।
युरोपियन युरोको मूल्यमा भने सोमबार झिनो वृद्धि भएको छ। आइतबार एक युरोको खरिददर १४४.२५ र बिक्रीदर १४४.९० रुपैयाँ कायम थियो। तर आज खरिददर १४४.२७ र बिक्रीदर १४४.९२ रुपैयाँ पुगेको छ।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९८ रुपैयाँ र बिक्रीदर १६९.७५ रुपैयाँ तय भएको छ।