
काठमाडौं, ४ भदाै । सन नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साउन ३२ गतेदेखि सेयर खुलाएकाे थियाे । यसअघि इन्स्योरेन्सले वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर खुलाएर बाँडफाँड पनि गरिसकेकाे छ ।
कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले रुपैयाँ ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशनकाे स्वीकृति लिएकाे थियो।
९ लाख ६० हजार कित्तामा प्रतिकित्ता १०० अंकित दरमा १३९ रुपैयाँ थपेर २३९ प्रतिकित्ता रुपैयाँमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि बाँडफाँट गरिएपछि बाँकी रहेकाे सेयरबाट ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएकाे छ । ४ लाख ८० हजार कित्ता कर्मचारीहरुका लागि रहेकाे । सर्वसाधारणले ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले भदौ ४ गते आजसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेकाे खण्डमा भदाै १४ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले घटीमा १० तथा बढीमा २० हजार कित्ता माग गर्न सक्नेछन् ।
सेयर भर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु तथा मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।