
काठमाडौं, ६ भदौ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको बस धादिङको गजुरी–२ चालिसे छहरे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । बसमा सवार अन्य १० जना घाइते भएका छन् । उक्त बसमा २२ जना यात्रु थिए ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको उक्त बस आज बिहान ११ बजेतिर सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालले जानकारी दिएका छन । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको र तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ ।
१० जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी जयसवालले बताए । घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।