
काठमाडौं, ७ भदाै । सानिमा बैंकले दराजसंग सहकार्य गरेर “दराज मन्थली पे डे योजना” ल्याएकाे छ । यस याेजनाले विशेष छुट दिनेगरी सहकार्य गरिएकाे हाे ।
याेजना अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदाैदेखि २०८१ सालकाे साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न पाउनेछन् ।
डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा बढीमा ५०० रूपैयाँसम्मको छुट हुनेछ । साथै क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा ७५० रूपैयाँसम्मको छुट हुनेछ । याे सुविधा पाउनका लागि ग्राहकले दराज एपमा गएर भौचर सङ्कलन गर्नुपर्छ ।
क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि मासिक किस्ताबन्दी (EMI) सुविधा रहेकाे छ । याे छुट पाउनका लागि डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सन्चालन गरेकाे हुनुपर्छ।
सानिमा बैंकले हाल सातै प्रदेशमा १३२ वटा कार्यालय र १२३ वटा ए.टि.एम. बाट सेवा दिइरहेकाे जनाएकाे छ ।
बिस्तृत जानकारी लिनका लागि अनलाइन पेमेन्ट सेवा कसरी शुरु गर्ने यसकाे प्रकृयाको बारेमा भिडियो बनेका छ ।
यसलाइ सानिमा बैंकको यूट्यूब च्यानल (https://www.youtube.com/watch?v=aCHTzUKKO0o&t=8s) मा राखिएको छ।