नेपाल महिला संघ कास्कीकाे पहिलो बैठक तथा भेला सम्पन्न

-



     सफल आवाज    
     भाद्र ८ गते २०८० मा प्रकाशित


पाेखरा, ८ भदाै । नेपाल महिला संघ कास्कीकाे पहिलो बैठक तथा भेला सम्पन्न भएकाे छ। बैठक तथा भेला सभापति शारदा गिरीको अध्यक्षतामा र नेपाली काँग्रेस गण्डकी प्रदेश सह महामन्त्री कोपिला रानाभाटको प्रमुख आतिथ्यतामा भएकाे थियाे।

बैठकमा जिल्ला समिति, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि क्षेत्रिय सभापति लगायतको सहभागिता रहेकाे कार्यक्रममा नव मनोनित गरिएका सदस्यहरुलाई टीका खादा ओढाएर सम्मान गर्दै मनोनयन गरिएकाे पत्र बितरण गरिएको थियो।

प्रमुख अतिथि रानाभाटले नेपाली कांग्रेसका हर क्षेत्रमा महिलाको अधिकार र कर्तव्य निष्ठालाइ कायम राख्न यस्ता भेलाको महत्व रहने बताइन ।

नेपाल महिला संघ महाधिवेशन प्रतिनिधि उमासिङ ठकुरीले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरुले सबै एक ढिक्का भएर लाग्नु पर्ने कुरामा जाेड दिएका थिए ।

यसैबीच भेलापछि संघले नेपाल महिला संघको बेथिति बारे ध्यानाआकर्षणका लागि नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालसंग सबै दिदी बहिनीहरु डेलीगेशन गएर छलफल गरेकाे जिल्ला सभापती सारदा गिरीले बताइन्।