यस कारणले धरानमा २४ घण्टे निषेधाज्ञा जारी

-



     सफल आवाज    
     भाद्र ८ गते २०८० मा प्रकाशित


धरान, ८ भदाै । धरानमा डेंगी राेग फैलिएपछि २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगकाे संक्रमण व्यापक फैलिँदा १६ हजार भन्दा धेरै जना संक्रमित भएपछि निषेधाज्ञा जारी गरेको हो ।

सुनसरीमा हालसम्म डेंगीका कारण १२ जनाकाे निधन भइसकेकाे छ । धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५ हजार जनामा संक्रमण फैलिएकाे छ ।

भदाै २६ गते बसेकाे जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीकाे बैठकले धरान उपमहानगरपालिकामा डेङ्गी संक्रमण नियन्त्रण नभएसम्म जनस्वास्थ्य आपतकालिन अवस्था क्षेत्र घाेषणा गर्न सिफारिस गरेकाे छ।