
पोखरा, ११ भदौ । दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ ।
अधिबेशनले धनबहादुर खड्का (भरत)को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ। समितिको उपाध्यक्षमा रमादेबी खड्का, सचिबमा कमल बहादुर बस्नेत, कोषाध्यक्षमा दाछिरी शेर्पा रहेका छन् ।
सदस्यहरूमा रविचन्द्र श्रेष्ठ, सरिता के.सी.,गीता श्रेष्ठ, रामजी भण्डारी र रोजिना श्रेष्ठ रहेका छन्। अधिबेशन संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेतले उद्घाटन गरेका थिए।
अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक गण्डकी प्रमुख शिब खकुरेल, समाजसेबी पदम ढकाल, कोषाध्यक्ष खुस बहादुर खड्का, सचिब कमल बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए।