अधिकारवादी नेता टेकनाथ वरालको निधन

-



     सफल आवाज    
     भाद्र १२ गते २०८० मा प्रकाशित


पाेखरा, १२ भदाै । मानवअधिकरावादी नेता टेकनाथ वरालको आज निधन भएको छ । वरालको पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पूराना वामपन्थि नेता वराल राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष पनि हुन् । विगतका मानवअधिकारवादी आन्दोलन तथा जनाधिकारको पक्षमा वकालत गर्दै आएका वराल जनपक्षिय, अधिकार र स्वतन्त्रताका पक्षमा अग्रमोर्चा उभिने गर्थे ।

यसैबीच राष्टिग सम्पदा तथा जनाधिकार संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकार र राजनतिक आन्दोलनका अगुवाई गर्ने एक अथक योद्धा गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

वराल विसं १९९६ साल जेष्ठ ५ गते जन्मिएका थिए । उनका श्रीमती, छोरा, तीन छोरी रहेका छन् । उनको शवलाई आज अपरान्ह ५ वजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमा राखिएको छ । साथै आजै अन्तिम संस्कार गरिने भएको छ ।