पाल्पामा गुडिरहेको गाडीमाथि पहिरो, ८ जनाको उद्धार

-



     सफल आवाज    
     भाद्र १३ गते २०८० मा प्रकाशित


पाल्पा,१३ भदौ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको स्कार्पियो जीप माथि पाल्पाको जोर्तेमा पहिरो खसेको छ। लु १ ज ४६०० नम्बरको गुडिरहेको उक्त स्कार्पियो एक्कासी पहिरोले पुरिएकाे हो ।

जिल्ला प्रहरी कार्यालय प्रहरी पाल्पाका अनुसार जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको छ । गाडी भित्र अझै २ जना च्यापिएको अवस्थामा रहेकाे र निकाल्न नसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।