पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

-



     सफल आवाज    
     भाद्र १७ गते २०८० मा प्रकाशित


sfnLu08sL sl/8f]/ ;8s cj?4 /fdk'/, !% c;f/M clj/n jiff{n] sfnLu08sL sl/8f]/ ;8sv08 cGtu{t kfNkfsf] /Def ufpFkflnsf j8f g+ @ / # sf] l;dfgfdf /x]sf] ;xbL{vf]nf k'n glhs} v;]sf] klx/f]n] cj?4 ePsf] ;8s . ;8s cj?4 x'Fbf sl/8f]/ eP/ cfjthfjt ug]{ ofq' tyf ;jf/L ;fwgnfO{ ;d:of ePsf] 5 . tl:a/ M ;'zLnf /]UDfL÷/f;;


बलेवा (बागलुङ), १७ भदौ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए।

कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए । बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ ।