
पोखरा, १७ भदौ । लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाउँपालिका वडा नं.५ को प्रथम अधिवेशनले रामादीकी गंगा गुरुङको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ।
अधिवेशनले उपाध्यक्षहरुमा बिकास गुरुङ र कृष्णमाया गुरुङ, सचिवमा रण बहादुर गुरुङ, उपसचिवमा कृष्ण बहादुर गुरुङ, कोषाध्यक्षमा रिना गुरुङ सर्वसम्मत चयन गरेकाे छ।
यसरी नै सदस्यहरुमा सुनमाया गुरुङ, कुलबहादुर गुरुङ, सुस्मा गुरुङ, अशोक गुरुङ, हरिमाया गुरुङ, डिलमाया गुरुङ, सरिता गुरुङ, धनमाया गुरुङ र देवी गुरुङ रहेका छन्।
नवनिर्वाचित कार्यसमितिलाई लोकतान्त्रिक तमु संघ नेपालका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ गराए भने नवनिर्वाचित अध्यक्ष गंगा गुरुङले प्रतिवद्दता मन्तव्य व्यक्त गरिन् ।
अधिवेशनको प्रमुख अतिथी नेकपा एमाले कास्की अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले उदघाटन गर्दै लोकतान्त्रिक तमु संघ सबै तमुहरुको आशा भरोसाको धरोहर बन्ने बताए। अब तमुहरुले बिशेष गरि शिक्षा, संस्कृती, सामुहिकता र राजनितिक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाई थियो। निर्वाचनमा अत्याधिक मत प्रदान गरेको रुपा र रुपा ५ को बिकाशमा बिशेष भुमिका आफ्नो रहने प्रमुख अतिथी गुरुङले बताए ।
लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाउँपालिका कमिटी अध्यक्ष सुवेदार केहरसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक तमु संघ नेपालका महासचिव हुमबहादुर गुरुङ, रुपा गाँउपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुव्वा गुरुङ, लोकतान्त्रिक तमु संघ नेपाल केन्द्रिय सदस्री काशीमाया गुरुङ, एमाले सल्लाहकार परिसद सदस्य हस्तकुमार श्रेष्ठ, एमाले रुपा गाउँ कमिटी अध्यक्ष निलकण्ठ रेग्मी, नेपाल राष्ट्रिय भुपु सैनिक प्रहरी महासंघ रुपा अध्यक्ष क्या सन्त कुमार श्रेष्ठ, रुपा देउराली नेवा खल अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, नेकपा एमाले रुपा ५ कमिटी अध्यक्ष तिलक बहादुर अधिकारी, रुपा गाउपालिका वडा नं. ५ का वाडाध्यक्ष राजन खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मनबहादुर गुरुङ लगायत स्थानिय कलाकारहरुले बिबिध साँस्कृतिक प्रस्तुती गरिएको थियो भने संचालन सचिव खस बहादुर गुरुङ र स्वागत उपाध्यक्ष जसबहादुर गुरुङले गरेका थिए ।
बगर तमु समाजको ३० औं वार्षिक साधारणसभा
तमु धिं नेपाल अन्र्तगत रहेको क्षेत्रिय समाज बगर तमु समाजको शनिवार ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरा बगर मानसडकस्थित बगर तमु समाजको वार्षिक साधारणसभाको प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्दै तमु बगर तमु समाजले तमुहरुको एकता, कला सँस्कृतिको संरक्षण, सामुदायिक अधिकारका लागि शसक्त भुमिका खेल्दै आएको भन्दै प्रसंसा गरे । उनले अब तमुहरु थप एकतावद्ध भई आफ्नो अधिकारका लागि जागरुक भई उठ्ने, युवा वर्गलाई सामुदायिकता तर्फ आकर्षित गर्ने र शिक्षामा विशेष जोड दिई अगाडि बढ्नुपर्नेमा जोड दिए ।
साधारणसभामा सचिव शान्ति गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जुमबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
बगर तमु समाजका अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सचिव एवम सल्लाहकार देवीराज गुरुङ, पुर्व सहसचिव कृष्णबहादुर गुरुङ, आमा समिति अध्यक्ष गौसुवा गुरुङ, समाजका पुर्व अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार क्या.लालप्रसाद गुरुङ, सहकोषाध्यक्ष लालप्रसाद गुरुङ, व्यवसायी प्रेमबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपाध्यक्ष गंगाबहादुर गुरुङले स्वागत मन्तव्य र संचालन सचिव शान्ति गुरुङले गरेकी थिइन ।

तमु साँस्कृतिक प्रतिष्ठान २१ औं वार्षिक साधारणसभा सम्पन्न
उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु सास्कृतिक प्रतिष्ठान नेपालको शनिवार पोखरामा २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित साधारणसभाको प्रमुख अतिथि प्रतिष्ठानका सल्लाहकार, तेजबहादुर चाक्ली तमुले उद्घाटन गर्दै तमु साँस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरुका लागि शैक्षिक क्षेत्रमा राज्यले समेत पुर्याउन नसकेको योगदान गरिरहेको बताए ।
नेपालका ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुका लागि प्रतिष्ठान अभिभावक संस्था बनेको उनको भनाई थियो। वार्षिक १७२ जना देशैभरका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, सामाजिक, साँस्कृतिक एवम उच्च शिक्षा हासिल गरेका तमुहरुलाई सम्मान गर्दै आएको तमु साँस्कृतिक प्रतिष्ठानबाट अन्य संघ संस्था एवम राज्यले पनि धेरै सिक्नुपर्ने तमुले बताए ।
कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठानबाट छात्रवृत्ति प्रदान गर्नका लागि शिक्षिका मनकुमारी गुरुङले १ लाख ३३ हजार रुपैया र तमु समाज बेल्जियमकी टिकामाया गुरुङ तथा निवर्तमान अध्यक्ष ओमराज गुरुङले १ लाख ३३ हजार रुपैया अक्षयकोषका लागि तमु साँस्कृतिक प्रतिष्ठानलाई हस्तान्तरण गरे । यसैविच तमु धिं नेपाल केन्द्रिय आमा समितिको नवनिर्वाचित अध्यक्ष पवित्रादेवी तमुलाई प्रतिष्ठानले बधाई ज्ञापन गरिएको थियो
वार्षिक साधारणसभामा सचिव कञ्चन गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङ, तमु सास्कृतिक प्रतिष्ठान नेपाल विद्यार्थी समितिका अध्यक्ष सुदिप गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वागत प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ र सञ्चालन सहसचिव भेषराज गुरुङले गरेका थिए ।
