गरिमा क्यापिटलले गर्यो “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता”आयोजना

-



     सफल आवाज    
     भाद्र १८ गते २०८० मा प्रकाशित


काठमाण्डौं, १८ भदाै। नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ।

क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गतेदेखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता”आयोजना गरेको हो ।

सेल्फी प्रतियोगितामा भाग लिनको इच्छुक सहभागीहरुले परम्परागत पोशाकमा लिनुभएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “Mentions” मा पोष्ट गर्नुपर्नेछ।

फोटो पोष्ट गर्दा #GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited ह्यासट्यागहरू समावेश गर्नुपर्ने, सहभागीहरुले क्यापिटलको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्ने जनाइएको छ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरिने बताइएकाे छ । प्रथम हुनेलाई ३ हजार, द्वितीय हुनेलाई २ हजार र तृतीयलाई १ हजार प्रदान गरिने बताइएको छ ।