सिन्धु विकास बैंकको १४औं वार्षिकोत्सव सम्पन्न

-



     सफल आवाज    
     भाद्र २५ गते २०८० मा प्रकाशित


काठमाण्डौं, २५ भाद्र । सिन्धु विकास बैंक लिमिटेडले भाद्र २४ गते आफ्नो १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । बैंकको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले बिभिन्न कार्यक्रमहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुरक्षा सामाग्री हस्तान्तरण, बिभिन्न बिद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण लगायत खेलकुद प्रतियोगीता गर्नुका साथै बैंकको कर्पोरेट कार्यालय बनेपा तथा क्षेत्रीय कार्यालय नारायणगढको पाङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा बनेपा बजार तथा नारायणगढ बजार आसपासका स्थानिय वासिन्दा, नेपाल प्रहरी, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैक वित्तीय संस्था एवं संघ संस्थाका प्रतिनीधिहरु लगायत बैंकका संचालक समितिका अध्यक्ष, संचालक, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त खुला रक्तदान कार्यक्रममा करिब १०० दाताहरुले रक्तदान गरेका बैंकले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको बताइएको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, डेबिट कार्ड, लगायत सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।