यी नयाँ गाडीहरु ‘नाडा अटाे शाे २०२३’ मा सार्वजनिक गरिदै

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित


काठमाडौं, २६ भदाै । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ सुरु हुन लागेकाे छ । काेराेनाकाे कारण तीन वर्ष राेकिएकाे अटो शो, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गरिएकाे हाे । आजबाट शुरु भएकाे नाडा अटाे शाे २०२३ भदाै ३१ गतेसम्म चल्नेछ ।

यस अटाे शाेमा नयाँ गाडीहरु सार्वजनिक गरिदैछ । बीवाईडीकाे डल्फिन ईभी, एमजीले फोर भी इभी, एमजी कोमेट, नेटाकाे मोडल ‘यू’, नेटा जीटी, वुलिङकाे एयर मिनी ईभी अटो शोमा रहेका छन्।

यस्तै बिल्कुलै नयाँ ब्रान्डका जाे पहिलो पटक नेपालमा सेरेसकाे नयाँ इभि क्रसओभर सेरेस ३ र नयाँ मिनी इभी सार्वजनिक गरिदैछ । मेक्ससकाे मीफा–९ नामक नयाँ एमपीभी र जी ईभीकाे स्काईवा ब्रान्ड रहेका छन्।

यस्तै हुन्डाई, किया, टाटा, सिट्रोन, ग्रेटवाल र निसानहरुमा किया र टाटाका इभी ६ र टियागो इभी पनि सार्वजनिक गरिदैछ । हुन्डाईकाे आयोनिक ५ र कोना ईभीकेा साथमा क्रेटा, टुसान, भेन्यु र एक्सटर अटाे शाेमा रहनेछन्।

सिट्रोनको सी ३ को कम्वसन र इभि दुवै मोडल रहने भएका छन् । ग्रेटवालको इलेक्ट्रिक कार ओरा ३, फोर्डको एभरेष्ट एसयूभी, रेन्जर पिकअप र निसानको लिफ ईभी, म्याग्नाइट देखिनेछन्।

मारुती सुजुकीका ४ वटा नयाँ एसयूभी ग्रान्ड भिटारा, नयाँ ब्रेजा, फ्रोङक्स र जिम्नी अफरोड एसयूभी पनि शाे मा हुनेछन् । महिन्द्राको स्कार्पियो एन र एक्सयूभी ४०० लगायतका एसयूभी गाडीहरु गाडीका शाेखिनहरुकाे नजरमा पर्नेछन् ।