साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निधन

-



     सफल आवाज    
     भाद्र २७ गते २०८० मा प्रकाशित


काठमाडाैं, २७ भदाै ।  साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको मंगलबार निधन भएको छ। निमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन ।

पराजुलीका शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो (संस्मरण), भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् ।

उनका दर्जनाै कथा प्रकाशित छन्, उनले हिमाल, राजधानी दैनिक, नेपाल समाचारपत्र, नागरिक, अभियान र बाह्रखरी डटकममा काम गरेका थिए । पराजुलीको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे थियाे ।