तोलामा ८ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     भाद्र २७ गते २०८० मा प्रकाशित


काठमाडौं, २७ भदौ । साताको सुनचाँदीको कारोबार हुने बुधबार आज चौथो दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ।

यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । साे कारोबार स्थिर भाउमा भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि तेजाबी सुन स्थिर भाउमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलरबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीमा रुपैयाँ ५ ले बढेर कारोबार भएको थियो ।