
पाेखरा, २८ भदाै । कास्की पोखरा हस्तकला संघको तेह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा बाेल्दै प्रमुख अतिथि नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले १३ अर्ब बढी हस्तकलाका सामग्रीहरु निर्यात भएको जानकारी दिए ।
साे असरमा उनले बागमती प्रदेशमा हस्तकला ग्राम नीति लागू भई सकेको जानकारी दिए । गण्डकी प्रदेशमा पनि यस प्रकारकाे ग्रामकाे लागि लाग्नु पर्नेमा जोड दिए ।
विशेष अतिथि नेपाल हस्तकला महासंघका उपाध्यक्ष तथा जिल्ला प्रदेश परिषद सभापति दीपेन्द्र शाक्यले देशको अर्थतन्त्रलाई वृद्धि गर्न स्थानीय हस्तकलाका सामाग्री उत्पादन र प्रबर्धन गर्न आवस्यक भएकाे बताए ।
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन कार्यालय प्रमुख नबराज अधिकारीले कास्की पोखरा हस्तकला संघ साझेदारीकासाथ हस्तकला उत्पादनमा कमी हुन नदिन सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे।
पोखरा उद्योग वणिज्य संघकी उपमहासचिब शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघले निर्माण गर्न लागेकाे काेशेली घरमा कास्की पोखरा हस्तकलाका सदस्यहरुद्वारा उत्पादित वस्तुको लागि बिक्रि गर्नका स्थानकाे व्यवस्थापन गर्न तत्पर रहेकाे बताइन ।
मनखुसी फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष काशी गुरुङ, महिला उद्यमी संघ नेपाल कास्कीकी प्रथम पाध्यक्ष एलिना बताला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसअघि कार्यक्रममा सहभागि सबैलाइ पाेखरा हस्तकला संघका उपाध्यक्ष सीता गुरुङले स्वागत गरेकी थिइन । बुद्धि पुर्जाले सञ्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षता अध्यक्ष रामकली खड्काले गरेकी थिइन ।

