एनआइसी एशिया बैंकद्वारा लाभांश घाेषणा

-



     सफल आवाज    
     भाद्र २९ गते २०८० मा प्रकाशित


काठमाडाैं, २९ भदाै । एनआइसी एशिया बैंकले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने जानकारी गराएकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हाे ।

बैंकको सञ्चालक समितिको बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांशसहित कुल ३०.५२६३ प्रतिशत लाभांश सेयरधनीहरूकाे लागि वितरण गर्ने निर्णय गरेको सूचनामा जनाइएकाे छ ।

पूँजीकोष बृद्धि नभइसकेकाे कारण बैंकले बितेका दुई आर्थिक वर्षदेखि लाभांश वितरण गरेकाे थिएन। प्रस्तावित गरिएकाे साे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको २६ औं साधारण सभाबाट अनुमाेदन भएपछि वितरण गरिने कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिएका छन् ।