मीड सोलु हाइड्रोको आइपीओमा पहिलाे दिनमै २ लाख ४८ हजार बढीकाे आवेदन

-



     सफल आवाज    
     भाद्र २९ गते २०८० मा प्रकाशित


काठमाडौं, २९ भदाै । मीड सोलु हाइड्रोपावरको सेयर आइपीओमा पहिलो दिनमै रूपैयाँ २८ करोड ५६ लाख ७६ हजार बराबरको आवेदन पेश भएकाे छ।

आज साँझ ५ः०० बसेसम्म २ लाख ४८ हजार ९५५ जनाबाट २८ लाख ५६ हजार ७६० कित्ताकाे माग गरिएकाे छ । साे आवेदन माग गरेकाेभन्दा ४.५९ गुँणा धेरै हाे । 

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ मूल्य रहेकाे ६ लाख २१ हजार १७२ कित्ता सेयर खुलाएकाे हाे । कर्मचारीका लागि १४ हजार ९६८ कित्ता रहेकाे छ । सामूहिक लगानी काेषका लागि ३७ हजार ४२० कित्ता रहेकाे छ । यसमा बाँकी रहन गएकाे सेयर सर्वसाधारणका लागि जारि गरिएकाे हाे । 

सेयर लगानीकर्ताले असोज २ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । यसका लागि घटीमा १० तथा १० हजार कित्ता माग गर्न सकिनेछ । सेयर भर्न चाहने लगानीकर्ताले सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्। साथै मेरोसेयर अनलाइनबाट पनि आवेदन दिन सकिने भएकाे छ । 

कम्पनीले सोलुखुम्बुकाे सोलु खेलाको पानीबाट ९.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि २०७९ पुस १५ गतेबाट विद्युतको व्यापारीक उत्पादन गरिरहेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेकाे छ ।