एमाले गण्डकीको प्रथम अधिबेशनको लोगो सार्बजनिक

-



     सफल आवाज    
     असाेज २ गते २०८० मा प्रकाशित


पोखरा, २ असाेज । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ ।

अधिबेशन प्रचार प्रसार समितिले  पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको  हो। लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिए।

बैठकले अधिबेशनलाई सभ्य  र भब्यरूपले सम्पन्न गर्न  विभिन्न विभिन्न वटा उप समिति मार्फत  ससक्त ढंगले तयारी  अगाडि बढाइएको  प्रचार  तथा प्रसार  उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

प्रदेश कमिटी अध्यक्ष  नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिबेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उप सचिब रश्मि आचार्यले  संचालन  गरेका थिए ।

 अधिबेशनमा  करिब ९०० जना प्रतिनिधि सहभागी हुने र  असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नबराज शर्माले जानकारी दिए। 

नेकपा ( एमाले) गण्डकीको प्रथम अधिबेशनमको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

एमाले गण्डकीको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ ” बिषयक बिचार गोष्ठी 

नेकपा ( एमाले ) गण्डकी प्रदेश कमिटीको आयोजनामा “नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ ” बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ ।

पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले  सुबास नेम्बाङसंग सबैलाइ मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अबस्थामा संविधान जारी हुन सकेको  बताइन।  शाक्यले नेम्बाङकाे प्रभाबशाली शालिन शैली सबैका लागि अनुकरणीय रहेको उल्लेख गरिन्।

पार्टी सचिब तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले  संविधान सभाको असहमतिका दर्जनौं बुदालाइ सहमतिमा परिणत गर्दै सर्बस्विकार्य समाधान निकाल्ने संयम धैर्य ब्यक्तित्व  सुबास नेम्बाङ भएको उल्लेख गरे।

पार्टी भित्रका र अन्तर पार्टीका द्वन्द्वलाई सोच बिचार गरेर समाधान निकाल्ने नेम्बाङको शैलिकै कारण संविधान संभब भएको बताए।

एमालेबाट सभामुख र अध्यक्ष भए पनि सम्सदिय मर्यादा र शैलिलाइ उनले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्न लायक नेता भएको उल्लेख गरे ।

एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्बाङ नेपाली राजनितीको समाधान भएको भन्दै भद्र, मिजासिलो नेता भएको उल्लेख गरे। गुरुङले सार्थक कुशल बहसमार्फत प्रभाबकारी नेतृत्व प्रदान गर्ने ब्यक्ति भएको भन्दै उनको नेतृत्व नभएको भए संविधान जारी नहुने ठोकुवा गरे।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अदित्तिय क्षमता नेम्बाङसंग भएको उल्लेख गरे । अधिकारीले सूक्ष्म ब्यबस्थापकिय कौशल भएका नेम्वाङका कारण नै संविधान संभब भएको दाबी गरे।

सो कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश सरकारका कृषी मन्त्री महेन्द्रध्वज जि .सि., नेकपा  माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य  तथा संविधान सभा सदस्य राजकाजी गुरुङ लगायतले नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङको योगदानका बिषयमा चर्चा गरेका थिए ।

एमाले गण्डकी प्रदेस कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष  मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गरेकाे उप सचिब रश्मि आचार्यले जानकारी दिए।