कामना सेवा बैंकका ग्राहकले एटीक रेष्टुरेण्टमा १० प्रतिशत छुट पाउने

-



     सफल आवाज    
     असाेज ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ असाेज । कामना सेवा बिकास बैंकका ग्राहकले एटीक रेष्टुरेण्टमा १० प्रतिशत छुट पाउने भएका छन । साे सुबिधा प्रदान गर्ने सम्बन्धमा कामना सेवा विकास बैंक र एटीक ग्रुप प्रा.लि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

याे सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं – ३० ज्ञानेश्वर स्थित एटीक रेष्टुरेण्टले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।