काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ पनि घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रिदर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य देशको मुद्राको भाउ पनि घटेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ ।
स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३४ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा रहेको छ ।
आजको मूल्यसूची