
काठमाण्डौं, ४ असोज । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र सानेपाको स्टार हस्पिटल बीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका कर्मचारी तथा ग्राहकहरुले स्टार हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा २० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।
सम्झौतामा प्रोग्रेशिभ फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा स्टार हस्पिटल प्रा.लि.का तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका थिए ।
उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले स्वास्थ्य सेवाजस्तो आधारभूत आवश्यकतामा यस फाइनान्सका ग्राहकहरुको सहज तथा सहुलियतपुर्ण पहुँच रहोस भन्ने उद्देश्यका साथ यो सम्झौता गरिएको बताए ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, कनेक्ट आइपीएस, क्यूआर पेमेन्ट, सीआस्वा, डीम्याट लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।