सोनापुर मिनरल्सले असोज १४ गतेबाट प्रिमियममा आईपीओ निष्काशन गर्ने

-



     सफल आवाज    
     असाेज ५ गते २०८० मा प्रकाशित



काठमाडाैं, ५ असाेज। सोनापुर मिनरल्सले असोज १४ गतेदेखि प्रिमियममा सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ।कंपनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता जारी गर्ने तयारी गरेकाे हाे।

कम्पनीले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्यकाे १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर जारी गर्ने स्वीकृति लिएकाे थियाे ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका जनताका लागि १२५ रुपेयाँ प्रिमियम थपेर प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता जारि गरेकाे थियाे । साे समयमा १ लाख ३४ हजार ५२० कित्ताका लागि आवेदन परेकाे थियाे ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता बाँडफाँड भइसकेकाे छ । सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडिएकाे छ । साथै कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँड भइसकेकाे छ ।

लगानीकर्ताले घटीमा १० तथा बढीमा १५ लाख कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । यसका लागि असोज १७ गतेसम्म मिति ताेकिएकाे छ। ताेकिएकाे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेमा असोज २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेकाे बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट साथै मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।