सिटिजन्स बैंककाे साधारणसभा असोज २६ मा हुने, शेयरधनीले पाउनेछन ५.७९ प्रतिशत नगद लाभांश

-



     सफल आवाज    
     असाेज ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ असाेज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असोज २६ गते बार्षिक साधारणसभा गर्ने भएकाे छ। बैकले प्रस्ताव गरेकाे ५.७९ प्रतिशत नगद लाभांश र गतबर्षकाे आय-ब्यय बिबरण पारित गर्न याे वार्षिक साधारणसभा डाकिएको हाे।

बैंकले गत वर्षको नाफाबाट चुक्तापुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने यसअघि नै प्रस्ताव गरिसकेकाे छ । नगद लाभांस बितरण गरेपछि बैंकको ८२ करोड २१ लाख रुपैयाँ शेयरधनीलाइ बाँडिनेछ ।

साधारणसभामा भाग लिने शेयरधनीले यही असोज १४ गतेसम्म सेयर खरिद गरेको हुनुपर्ने बताइएकाे छ। साथै बैंकले यसपटक मर्जरकाे प्रस्तावलाई समेत प्राथमिकताका साथ राखेको छ।