मल्पी इन्टरनेशनल कलेज र कामना सेवा बैकबीच शिक्षण शुल्कमा छुट दिने सम्झौता

-



     सफल आवाज    
     असाेज २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० असाेज । कामना सेवा विकास बैंकले काठमाडौंको नारायण गोपालचोक चक्रपथमा रहेको मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्रदान गरिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएकाे छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।