
पोखरा, २० असोज । पोखरा महानगरपालिका वडा नं १७ स्थित घारीकुलो टोल बिकास संस्थाले बाताबरण सचेतनासहित सरसफाइ अभियान शुभारम्भ गरेको छ। अभियानको टोल बिकास संस्थाका अध्यक्ष गोबिन्द गिरिले शुभारम्भ गरे ।
बाताबरणिय र पर्याबरणिय सुन्दरता कायम राख्दै टोललाइ सफा सुन्दर र आकर्षक राख्ने उद्देश्यले अभियान शुभारम्भ गरिएको भन्दै गिरिले सबै टोलबासिलाइ अभियानमा साथ दिन आग्रह गरे।
स्वस्थ, सफा र सुन्दर पोखरा बनाउन नागरिकहरू स्वयं सचेत र सक्रिय बन्दै वडा तहसहित प्रदेश र संघ सरकारका अभियानमा समेत हातेमालो गर्दै अगाडी बढे मात्रै सफलता प्राप्त हुने उनको भनाइ थियो।
टोल बिकास समितिका सचिब दिपक लामिछानेले आकर्षक टोल निर्माणका लागि टोलमा स्ट्रीट नम्बर कायम गरिएको र सफाइ अभियान नियमितरूपमा तालिका बनाएर संचालन गर्ने जानकारी दिए।
सरसफाइ अभियान शुभारम्भ कार्यक्रममा टोलस्थित आमा समुह, बुद्धिजीवी, समाजसेवी एबम सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको स्थानियबासी रामजीप्रसाद लम्सालले जानकारी दिए।