
पाेखरा, २२ असोज । नेकपा एमालेको जनबर्गिय संगठन युबा संघ नेपाल कास्कीले इजरायल र हमासकाे लडाईको चपेटामा परि मृत्यु भएकाहरूकाे शव ल्याउन, घाईते तथा बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसि को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाउदै घाईते र पीडितहरूको तत्काल उद्दार गरि सकुशल नेपाल ल्याउन पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाईएको हो ।
सो अबसरमा जिसिले कास्किका युबाहरूसमेत उक्त घट्नामा परेको भन्दै यथाशीघ्र जीवन रक्षाका लागि अपिल गरे।
सो अबसरमा सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले उद्दारका निम्ति सक्रियताकासाथ नेपाल सरकार लागि परेको भन्दै सबै कास्कीबासिलाई संयमताकासाथ उद्धारमा सहयोग गर्न अपिल गरे ।