विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा गरिमा क्यापिटलले गर्याे सप्ताहव्यापी कार्यक्रम

-



     सफल आवाज    
     असाेज २३ गते २०८० मा प्रकाशित



काठमाडाैं, २३ असाेज । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा सप्ताहव्यापी पूँजीबजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले बिभिन्न स्थानमा पुजीबजार साक्षरता , शेयर बजार अन्तरक्रिया सचेतना कार्यक्रम, सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको हाे ।

विश्व लगानीकर्ता सप्ताह एकहप्ते लामो आई.ओ.एस सिओद्धारा प्रवर्धन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पुजीबजारसँग सम्बन्धित जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्ने गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले बताएका छन ।