काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ घटेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५५ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ १० पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा रहेको छ ।
आजको मूल्यसूची