
पोखरा, २३ असोज । गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २ (१) बाट निर्बाचित सांसद भिम बहादुर कार्की योजना अनुगमनमा निरन्तर लागि परेका छन् । यसै क्रममा कार्कीले आर्थिक बर्ष २०७९-८० मा आफ्नो निर्बाचन क्षेत्र अन्तर्गत आफैले छनोट गरेको एक निर्बाचन क्षेत्र एक कृषि सडक अन्तर्गत पोखरा महानगर पालिका वडा न २१ मा रहेको फेदिपाटन सडकको अनुगमन गरे ।
उक्त सडक बहुबर्षीय आयोजना अन्तर्गत आर्थिक बर्ष २०७९-८० मा रू एक करोड ब्नियोजन भएर निर्माण काम जारी रहेको छ भने चालु आर्थिक बर्ष २०८०-८१ मा थप रू ५० लाख बिनियोजन भएको छ । अनुगमनका क्रममा सांसद भिम बहादुर कार्की यो बर्षको काम निर्धारित समयमा नै सम्पन्न गर्न र गुणस्तर लगाएतका बिषयमा कुनै कमजोरी नगर्न निर्माण ब्यबसायी र सरोकारवालाहरूलाई आग्रह गरे ।

सांसद कार्कीले आयोजना संचालनका क्रममा देखिने समस्याहरूलाई एक आपसको बार्ता र सम्बादका माध्यमबाट समाधानको उपाय निकाल्न स्थानीय, निर्माण ब्यबसायी, उपभोक्ता र सरोकारवालाहरूलाई आग्रह गरे।
सांसद कार्कीले पोखरा महानगर पालिका वडा न १७ प्रगतिटोल र पोखरा २१ जोड्ने पुष्पलाल अध्ययन केन्द्र जोड्ने पुल, रू ३० लाखको लागतमा निर्माण हुदै गरेको पुष्पलाल केन्द्र खर्च्यांन बाटोको, नवनिर्मित शहरी स्वास्थ्य केन्द्र २१ को बाकि काम र साना शहरी खानेपानी आयोजनाको मुहान समेतको जानकारी लिनुहुदै अनुगमन गर्नु भएको उहाको निजि सचिवालयले जानकारी दिएको छ ।
सो अबसरमा स्थानीयबासिहरूले दम्सादीमा निर्माण हुदै गरेको मोटरेबल पूलको काम जति सक्दो छिटो निर्माण सम्पन्न गर्ने गरि पहल गरिदिन आग्रहा गर्दै फेदीपाटन बत्ति मुनिको अध्यारो बनेको भन्दै गुनासो गरेका थिए । सांसद कार्कीसंगै स्थानीय उपभोक्ता र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
