काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ भने बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ १८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८० पैसा रहेको छ ।
आजको मूल्यसूची