आज एमाले मधेस प्रदेश अधिवेशन

-



     सफल आवाज    
     असाेज २४ गते २०८० मा प्रकाशित



जनकपुरधाम, २४ असोज । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।

उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए।

अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।