लाभांश पारित गर्न नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज हुँदै

-



     सफल आवाज    
     असाेज २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ असाेज । लाभांश वितरणकाे प्रस्ताव पारित गर्न नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजेदेखि बाट सुरु हुँदैछ ।

साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमाेदन गर्नेछ ।

यस्तै सभामा अन्य उपयुक्त लागेका लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगातका कार्य गर्ने जिम्मेवारी सन्चालक सिमितलाई दिने प्रस्ताव पारिने गरिनेछ ।

सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका एजेण्डाहरु रहेका छन् भने आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सानसम्बन्धी वित्तीय अवश्थाका बारेमा छलफल गरी पारित गरिने भएकाे छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुकक्लोज गरेकाे थियाे । सभामा सहभागी हुन र लाभांश प्राप्त गर्नका लागि सेयरधनीहरुले असोज १७ गतेसम्म नेप्सेमा काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।