पोखराकाे एनटिएचएमसीमा “दसैं उत्सव” कार्यक्रम

-



     सफल आवाज    
     असाेज २६ गते २०८० मा प्रकाशित



पोखरा, २६ असोज । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडामा शुक्रबार दसैं उत्सव २०२३ आयोजना गरिएको छ । कार्यक्रम बिबिए, बिएचएम र प्लस टु का विद्यार्थीले आयोजना गरेका हुन् ।

दशैं उत्सवमा विद्यार्थीहरुले नै बनाएका विभिन्न खानाका परिकारहरु राखिएको छ । लाखे नाच, झाँकिसहित सांगीतिक लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

कार्यक्रमको बारेमा कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले भने, चाडपर्वको संरक्षण र प्रवर्धनको लागि विद्यार्थीले उनीहरुको पढाई संगसंगै इभेन्ट म्यानेजमेन्टका सिपहरु प्रदर्शन गरेको बताए । विद्यार्थीको शिक्षासंगै समग्र विकासको लागि कलेजले सहजिकरण गरेको बताए ।

Prakash Regmi-Principal-NTHMC

एनटिएचएमसि सोसल क्लवका अध्यक्ष निकोलस आले मगरले कार्यक्रम आयोजना गर्नका लागि कलेजले प्रोत्साहन गरेको बताए । उनले पढाईसंगै सिपको दक्षता यहाँ बनाईएका परिकारहरुबाट देख्न र स्वाद लिन पाईने बताए । उनले भने, हामीलाई निकै हौसला मिलेको छ ।

दसैं नजिकिएसंगै विद्यार्थीले नै आयोजना गरेको कार्यक्रमले रौनकता ल्याएको छ । कार्यक्रममा कलेजका अध्यक्ष अशोक पालिखे, सेयर सदस्य जयराम हमाल, विद्यार्थी, शिक्षक, अविभावक लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा कलेजका अध्यक्ष पालिखे तथा बोर्ड सदस्य जयराज हमालले कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्कि, आवास व्यवश्थापक जोक बहादुर थापा, हरिहर पौडेल, दिनेश कुमार यादव, शुरेसराज अधिकारी, नारायण खड्का, राजेन्द्र गुरुङ, कविन्द्र कोईराला, अर्जुनप्रसाद अधिकारी, रीता घलामी, सन्जु कुँवर, मधुसुदन जोशी, नवराज ओझा, शंकर वानिया, राजेन्द्र गुरुङ, प्रियंका थापा मगर लगायतलाई टीका र जमरा लगाई दिएका थिए । दशैं शुरु हुनुभन्दा दुई दिन अगाडीको भएको यसप्रकारको उत्सवले चाडवाडको प्रवर्धनमा सघाउ पुर्याएकाे विश्वास गरिएको छ ।

क्लेजका अध्यक्ष पालिखे र बोर्ड सदस्य हमालबाट शिक्षकहरुले टीका ग्रहण गरेपछि प्रिन्सिपल रेग्मी तथा भाइस प्रिन्सिपल कार्किले विद्यार्थीलाई टीका र जमरा लगाईदिएका थिए ।