
पोखरा, २६ असोज । नेपाल राष्ट्रिय अभिभावक संघ कास्कीको प्रथम जिल्ला सम्मेलन शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।
प्रमुख पौडेलले कास्कीको शैक्षिकसहित अन्य सामाजिक बिषयमा अभिभावक संघ बहस र पैरवीमा उत्रनु पर्ने भन्दै बिद्यमान बिकृती बिसङती न्यूनीकरण गर्न अभिभावक संघको महत्त्वपूर्ण भूमिका हुने बताए। जिल्ला स्तरमा शिक्षा सम्बन्धित बिषयबस्तु र समस्याका सम्बन्धमा तत्काल जानकारी गराउन आग्रह गर्दै शिक्षा क्षेत्रको एक कुशल र सक्षम सहजकर्ताको रूपमा अभिभावक संघ स्थापित हुने बिश्वास व्यक्त गरे ।
गिरिको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन
सम्मेलनले गोपाल गिरिको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्णप्रसाद सुवेदी र रमा त्रिपाठी, सचिबमा रामहरि ढुङ्गाना, सह सचिबमा सुशीला गिरि, कोषाध्यक्षमा लक्ष्मी अधिकारी र सह कोषाध्यक्षमा बिमल कंडेल चयन भए। सदस्यहरूमा ताराप्रसाद तिवारी, कृष्ण थापा, दिपा कोइराला, भगवान अधिकारी, तुलसा रास्कोटी, बिष्णु भट्टराई, अर्जुन के सि, मदन केसि र बिष्णुप्रसाद पौडेल चयन भए । एकजना पछि कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ।
तदर्थ समिति कास्कीका अध्यक्ष गोपाल गिरिको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष श्याम शर्मा, केन्द्रिय सचिब रामप्रसाद रेग्मी, गण्डकी प्रदेश अध्यक्ष कलाधर भट्ट, गण्डकी प्रदेशका उपाध्यक्ष प्रेम नारायण न्यौपाने, प्रदेश सचिब राजाराम अधिकारी, कास्कीका उपाध्यक्ष रमादेबी त्रिपाठी, कास्कीका सचिब रामहरि ढुङ्गाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।