
काठमाण्डाैं, ३० असाेज । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी रहेको आरविवि मर्चेन्ट बैंकिङ्गको यहि असोज २९ गते आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु, आ.व. २०७९/०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभाशं(कर सहित) र आ.व. २०८०/८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताबहरु पारित गरेको छ ।