वर्ल्डलिंकद्वारा बेगनासतालमा फ्री वाइफाइ स्थापना

-



     सफल आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित



पाेखरा, ३ असाेज । नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडले बेगनासताल डुंगा ब्यवसाय समिती सँगको सहकार्यमा पर्यटकीय क्षेत्र बेगनासतालको प्रचार प्रसारमा टेवा पुग्ने हेतुले र त्यहा आउने पर्यटकलाई सहजताको लागि फ्री वाइफाइ ब्यवस्था गरेको छ।

वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेड गण्डकी क्षेत्रको क्षेत्रिय बजार अधिकृत हेम गुरुङ , क्षेत्रिय बित्त अधिकृत अभिसेक घिमिरे, पोखरा महानगर पालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कंडेल र बेगनासताल डुंगा ब्यवसाय समितिका अध्यक्ष रबिराज कंडेल द्वारा संयुक्त रुपमा उद्घाटन गरेका थिए । सोही अवसर पारीवर्ल्डलिंक द्वारा डुंगा ब्यवसाय समितिलाई लाइफ ज्याकेट र डस्ट्बिन पनि हस्तन्तरण गरेको थियो ।

वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेड लेखनाथ शाखाका शाखा प्रमुख विस्वास बड्गामी ले आफ्नो स्वागत मन्तब्य राख्दै संस्थाको सामाजिक उत्तरदयित्व अन्तर्गत राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा प्रख्यात पर्यटकिय स्थलमा कम्पनिले सम्पूर्ण सर्बसाधारण जनतालाई सहयोग पुग्ने गरी सेवा दिन पाउदा गर्बवन्तीत भएको बताउनुभएको थियो। साथै आगामी दिनमा पनि सो सेवालाई निरन्तरता दिने प्रतिबद्दता जनाउनु भएको थियो ।

कार्यक्रमको अवसरमा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले त्यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने गरी वर्ल्डलिंक द्वारा गरिएको कार्यलाई धन्यवाद दिदै वडा नम्बर ३१ स्थित अन्य पर्यटकिय क्षेत्रमा पनि सहयोग र सहाकार्य को अपेक्षा राख्नु भएको थियो ।

साथै वहाले डुंगा ब्यबसयी र डुंगा चालकलाई त्यस क्षेत्रको पर्यटकिय बिकासमा जोड दिन र त्यहा आउने पर्यटकलाई उच्च सम्मानका साथ व्यबहार गर्न पनि अनुरोध गर्नुभएको थियो।

कार्यक्रम को सभापति बेगनासताल डुंगा ब्यवसाय समितिक अध्यक्ष रबिराज कंडेल ले वर्ल्डलिंक बाट प्राप्त सहयोगको लागि धन्यवाद दिदै त्यस क्षेत्रको पर्यटन प्रबर्धन र बिकासमा आगामी दिनहरुमा सहयोग र सहकार्यको अपेक्षा राख्नु भएको थियो ।