
काठमाडौं, ७ कात्तिक । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।
बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमीमा आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत बैंकको आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक पाउनेछन । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड “DAKSHINA” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ ।
बैंकले ३ सय ५२ शाखा कार्यालय, ३ सय ७१ एटिएम, ३ सय २२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरूलाइ सेवा प्रदान गरिरहेको छ ।