पत्रकार पराजुलीको अङ्ग्रेजी कथा सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८० मा प्रकाशित



चितवन ८ कात्तिक । पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो ।

यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित भैसकेका छन् । सामाजिक विषयवस्तुमा कथा लेख्दै आएका पराजुलीले समाजमा विद्यमान अवस्थालाई आफ्ना कथामा उतारेका छन् । कुमाता र मोम्चो कथा सङ्ग्रहका केही कथाको अङ्ग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको कथाकार पराजुलीले जानकारी दिए।

कथालाई भरत भट्टराई र मिली जोशीले अनुवाद गरेका हुन्। पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस सङ्ग्रहमा १७ वटा कथा समावेश गरिएको छ । कथाकार पराजुली लामो समय देखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन् ।