वैकिङ्ग पेशा छाडेर मार्ट संचालन गर्दै बजगाई

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८० मा प्रकाशित



हेटौंडा, १४ कात्तिक। मकवानपुरगढी–६, डुम्रेकुनाका युवा राम बजगाईले व्यवसाय गर्ने उदेश्यले वैकिङ्ग पेशा छाडेर हेटाैंडामा मार्ट संचालन गरेर राम्राे आम्दानी गरिरहेका छन । यसअघि उनी वैकिङ्ग क्षेत्रमा अधिकृत सहरको जागिरमा थिए। दशजोड दुई सम्मको शिक्षा हासिल गरेर वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिनेहरूलाइ यतिबेला युवा व्यवसायी बजगाई गतिलाे उदाहरण बनेका छन।

२०७७ सालमा ४ जना साथीहरु मिलेर करिव ४० लाख लगानीमा मार्ट व्यवसाय सुरु गरेका बजगाईले हाल एकल रुपमा करिव ५० लाखको लगानीमा व्यवसाय गर्दै आएका छन । उनले हेटौंडा–२, संगमचोकस्थित मेरो मार्ट मार्फत दैनिक उपभोग्य खाद्य सामाग्री र पेयपदार्थहरु विक्री गर्दै आएका छन् । उनले सञ्चालन गरेको व्यवसायमा अन्यले रोजगारी पनि पाएका छन ।

कास्की हेम्जाकाे एनएमबि लघुबित्तमा जागिर गर्दै गर्दा व्यवसाय गर्ने सोच आएपछि उनले व्यवसायी बन्ने अठोट गरेका थिए । हेटौंडाको नारायणी कलेजमा स्नातक तहसम्म अध्ययन गरेका बजगाईलाई संगै अध्ययन गरेका साथीहरुको प्रेरणाले व्यवसाय गर्न प्रेरित गरेको बताउछन ।

हामी संगै अध्ययन गरेका साथीहरुको ग्रुप बनाएका थियौं, ग्रुपमा व्यवसाय कसरी गर्ने, के गर्ने भनेर बेला–बेला छलफल चल्थ्यो, ग्रुपमा धेरै जना थियौं, तर व्यवसाय गर्ने बेलामा चार जना मिलेर पाँच / पाच हजार बीउ पुँजीबाट व्यवसायको सुरुवात गरेका हौं, अहिले मैले आफैं एकल रुपमा व्यवसय गरिरहेको छु, बजगाईले भने ।

मेरो दृढ इच्छा शक्तिले नै मलाई व्यवसायी बन्न प्रेरित गर्यो, घर परिवारमा जागिर छाडेर व्यवसाय गर्छु भन्दा मान्नु भएको थिएन, परिवारलाई कन्भिन्स गरे, अहिले आमा,बुवा र श्रीमतिको पूर्णसाथ र सहयोग पाएको छु, उनले भने ।

किराना पसलमा भन्दा मार्टमा उपलब्ध हुने सामान गुणस्तरीय हुने दावी गर्दै उनले अब विस्तारै हेटौंडावासीलाई मार्ट जाने बानी पार्दै जाने विश्वास लिएकाे बजगाई बताउछन । उनले मेरो मार्टमा एकपटक आएर हाैसला प्रदान गर्न आग्रह समेत गरेका छन ।