गरिमा बैंकले जित्यो कामना सेवा फुटसल कप सिजन ३ को उपाधी

-



     सफल आवाज    
     कार्तिक १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ कात्तिक । कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसरमा आयोजना गरेकाे तेस्रो अन्तर बैंक फुटसल कप २०८० को उपाधी गरिमा विकास बैंकले जितेको छ ।

पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उक्त उपाधी जितेको हो । उपाधी जित्ने क्रममा गरिमा विकास बैंकले सेमिफाईनल खेलमा प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३–१ र फाईनल खेलमा बलियो प्रतिद्वन्द्वी माछापुच्छ्रे बैंकलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

यहि कात्तिक १७ र १८ गते काठमाण्डाैमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ १२ वटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टिमलाई कामना सेवा बैंकको तर्फबाट ट्रफि, मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता भर उत्कृष्ट प्रर्दशन गरेको गरिमा विकास बैंकका खेलाडी सौगात दिप सिंह उत्कृष्ट गोलकिपर र विशाल बानिँया उत्कृष्ट खेलाडि घोषित भएका थिए ।