
काठमाडौं, २१ कात्तिक । कुमारी बैंक लिमिटेडले तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तरगत हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ्ग मार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैंकले अधिकतम ५ सय १ रुपैयासम्म क्यासब्याक दिनेछ ।
क्यासब्याक रकम क्यूआर पेमेन्ट तथा अन्लाईन पेमेन्टबाट गरिने कारोबारमा मात्र प्रदान गरिने बैकले जनाएकाे छ ।