
चितवन, २१ कात्तिक । महिला उत्थान कोशिस महिला समूहले चितवनको भरतपुर वडा नं २३ जगतपुरमा तिहारलाई लक्षित गरेर ८ कठ्टा जग्गामा लगाएकाे सयपत्री फूल ढकमक्क पुलेकाे छ । तर भनेजस्ताे बजार नपाएकाे गुनासाे गरेका छन् ।
अध्यक्ष तारा क्षेत्रीको अगुवाईमा रहेको समूहमा २५ सदस्य रहेका छन् । हामीले हाम्रै उत्पादनको बजारीकरण खोजिरहेका छौं । बजार नपाईने होकि भनेर समूहका सदस्यहरु चिन्तित भएका समूहले जानकारी दिएकाे छ ।
बजारमा आयातित फूल र प्लाष्टिकका फूलहरुको बिगबिगी छ । तिहारको संघारैमा आउँदा पनि फूल बिक्री र यसको बजारिकरणमा समस्या भएको कमला रानाले जानकारी दिईन । उनका अनुसार करिब ५ क्वीन्टल फूल बिक्रीका लागि तयार भएको छ ।
रानाले आफ्नै माटाेमा महिला दिदिबहिनीहरु मिलेर गरेकाे उत्पादनकाे बजािरकरणमा सहयाेग गिरिदन आग्रह गरेकी छन् ।


