पर्वतका लायन्स क्लवहरूले गरे लायन महेश्वर पन्त (बोस्टन अमेरिका) लाई सम्मान

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित



पर्वत, (कुश्मा) २१ कात्तिक । हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३ के, का संस्थापक अध्यक्ष लायन महेश्वर पन्त एक समारोहबीच सम्मानित भएका छन् ।

लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा पर्वतमा क्रियाशिल शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा हालको हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३ के, का संस्थापक अध्यक्ष लायन महेश्वर पन्तलाई एक समारोहबीच स्वागत तथा सम्मान गरेका हुन् ।

उक्त समारोहमा नरवुड लायन्स क्लव डिस्ट्रिक्ट ३३ के द्वारा संकलन गरिएका रिडिङ ग्लासहरू चार सय थान पर्वत चौतारी लायन्स क्लवलाई कुश्मास्थित होटल बेन्जुमा आयोजित समारोहमा हस्तान्तरण गरिएकाे हाे ।

ति ग्लासहरू हास्तान्तरण गर्दै लायन महेश्वर पन्तले आगामी दिनहरुमा पनि मानवीय सहयोगका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । साथै उनले पर्वतका लायन्स क्लवहरूसँग सहकार्य गर्दै थप सामाजिक सेवाका कार्यहरु गर्न सकिने बताए ।

रिडिङ ग्लासहरू ग्रहण गर्दै क्लवका अध्यक्ष लायन विकाश जिसीले प्राप्त रिडिङ ग्लासहरूलाई आवश्यकता हेरेर दूरदराजमा रहेका समुदायमा गएर वितरण गरिने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, वर्तमान वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष डा रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, अनेसास दर्पण साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक तथा लायन्स क्लब, ब्राइटस्टार काठमाडौंका सदस्य रमेश दाहालकाे उपस्थिति रहेकाे थियाे ।

यस्तै साहित्यकार देवेन्द्र केसी, असफल गौतम, गीत तथा गजलकार, पत्ररकार आरजू विष्ट सल्यानी, सुरेन्द्र अस्तफल, प्रकाश सुवेदी, पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, सुन्दरकुमार जोशी, वरिष्ठ लोक गायक विमलराज क्षेत्री, वरिष्ठ सङ्गीतकार नरहरि प्रेमी, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास नेपाल च्याप्टरका सदस्य दुर्गा बहादुर शाह बाबा, विक्रम भक्त जोशी, सञ्चारकर्मि आर के अदीप्त गिरी, रमेश गाैतम, लेखराम सापकाेटा लगायत पर्वतस्थित साहित्यिक स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

यसअघि समारोहमा सहभागिलाई लायन मिनप्रसाद शर्माले स्वागत गरेका थिए । लायन्स क्लव अफ शिवालायका अग्रज लायन पूर्वअध्यक्ष वसन्तकुमार कर्माचार्यले कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष लायन राजेश पौडेलले गरेका थिए ।