एभरेष्ट बैंकद्वारा भुकम्प प्रभावितलाई २५ लाख सहयोग

-



     सफल आवाज    
     कार्तिक २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले भुकम्प प्रभावितलाई २५ लाख सहयोग गरेकाे छ। गत कार्तिक १७ गते शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हाे ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत याे सहयाेग गरेकाे जनाएकाे छ । बैकले यसअघि पनि शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।