राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

-



     सफल आवाज    
     कार्तिक २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उनले बहिनीहरूबाट टीका ग्रहण गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।