कुमारी बैंकको शाखा जुम्लामा

-



     सफल आवाज    
     मंसिर ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ मंसिर। कुमारी बैंक लिमिटेडले जुम्ला जिल्लाकाे चन्दननाथ नगरपालिका वडा नं ६ मा शाखा सञ्चालनमा ल्याएकोे छ ।

बैंकले उक्त क्षेत्रका उद्यमी, व्यवसायी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको बताएकाे छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट बित्तिय सेवा प्रदान गर्दै जाने बैकले जनाएको छ ।