गण्डकी प्रदेश स्तरीय सांस्कृतिक संगोष्ठी-२०८० सम्पन्र

-



     सफल आवाज    
     मंसिर ६ गते २०८० मा प्रकाशित



पाेखरा, ६ मंसिर । नेपाल संस्कृत विश्वविध्यालय वेलझुन्डि दाङ् अन्तरगत ‘राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा एवं जनकविकेशरि धर्मराज-सावित्री थापा प्रतिष्ठानको संयोजन, व्यवस्थापनमा तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य एवं अनेसास र अन्य संघ संस्थाको सहयोगमा पोखरामा ‘गण्डकी प्रदेश स्तरीय सांस्कृतिक संगोष्ठी २०८० ” संम्पन्न भएको छ ।

उक्त संगोष्ठीमा ७ वटा गोष्ठीपत्र प्रस्तुत भए । पुन मगर जातीको पुर्ख्येाली लोकनाच प्रदर्शन भयो भने देश भक्तिभावले ओतप्रोत राष्ट्रिय गीत, गुरूङ चलचित्रका नायक संस्कृतिप्रेमी तारा बहादुर गुरूङ्गबाट गीतिनृत्य प्रस्तुत भएको थियो ।

गोष्ठीपत्र प्रस्तोताहरूमा १- प्रा डा माधव प्रसाद पोखरेल, गण्डकि प्रदेशमा वोलीने भाषाहरूको अवस्था । २- डा गोविन्द आचार्य देउखह्र्या थारू समुदायको वाल वाली गुरही टिउहार ३- प्राडा कुसुमाकर न्यैापानेले गण्डकी प्रदेशको संगीत संस्कृति । ४- प्राडा ज्ञान बहादुर कार्किले स्याङ्जाकाका चारकोटहरूको चिनारी ५- प्राडा जगन्नाथ रेग्मीले पर्वत मोदीवेनीको महत्व । ६- डा शान्ता खत्रीले कुमाल जातीको परम्परागत संस्कृति र पेशामा भएको परिवर्तन । ७- लक्ष्मण श्रेष्ठले पोखरेली गाईजात्रा परम्परा र लोक प्रचलन रहेका थिए ।

गाेष्ठीपत्रको प्रस्तुतिपछि गोष्ठीपत्र बारे जिज्ञासा, टिप्पणी वा सुझाब प्राप्त भए । यी संगोष्ठीपत्रलाई गोष्ठीपत्रका प्रस्तुतकर्ताले गोष्ठीमा आएका सुझावलाई हेरेर मिलान गरी पठाएपछि तिनको सम्पादन गरी प्रकाशन गरिने भएकाे छ।

२०८० मंसिर ४ मा दीप सागर होटलको सभास्थलमा शुरू भएको संगोष्ठीको समुद्वघाटन प्रमुख अतिथि पोखरा विश्वविध्यालयका उपकुलपति प्राडा प्रेम नारायण अर्यालले गरेका थिए । कार्यक्रम प्राडा भीमप्रसाद खतिवडा, शिक्षाध्यक्षको अध्यक्षतामा सम्पन्न भएकाे संयोजक मदनराज थापाले जानकारी दिएका छन् ।