माछापुच्छ्रे बैंककाे अध्यक्षमा रोशन केसी नियुक्त

-



     सफल आवाज    
     मंसिर ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ मंसिर। माछापुच्छ्रे बैंक लिमिटेडकाे अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैककाे आज बसेको संचालक समितिको बैठकले केसीलाई सर्वसम्बत अध्यक्ष पदमा नियुक्त गरेको हो ।

बैंकका अध्यक्ष रहेका डा. उपेन्द्र महतोले साे पदबाट राजीनामा दिएपछि उक्त जिम्मेवारी केसीलाई दिइएको बताइएकाे छ । केसी यसअघि पनि २०७४/ २०७५ मा करिब २० महिना माछापुच्छ्रे बैंककाे अध्यक्ष भएका थिए । यसअघि उनले बैंककाे संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

केसी ग्रुपका निर्देशक समेत रहेका युवा व्यवसायी राेशन केसी, हाइड्रो , कन्स्ट्रक्सन , हाउजिङ, बैंक तथा वित्तिय संस्था लगायत क्षेत्रमा आबद्ध छन् ।